Friday, January 22

फेरि लम्बियो यती धेरै दिन लकडाउन

May 17, 2020 272

काठमाडौं, ४ जेठ । सरकारले लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।

गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।यसैगरी बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाइएको नयाँ नेपालको नक्साको बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्