एजेन्सी ।भारतको महाराष्ट्रमा पोलियो थोपाको साटो स्यानिटाइजर खुवाउँदा १२ जना बालबालिका बिरामी भएर अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियोको साटो स्यानिटाइजर खुवाउँदा ती बालबालिका बिरामी भएर अस्पताल भर्ना भएको खबर एक भारतीय सञ्चार माध्यमले जनाएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम रहेको कुरा उक्त समाचारमा जनाईएको छ ।
पालियो भनेर स्यानिटाईजर खुवाएपछि ती १२ जना बालबालिकाहरुले बा’न्ताका साथै असहज महसुस गरेपछि उनीहरुको चेक जाँच गरियो । र त्यसपछि उनीहरुलाई जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्यस्थिती स्थिर भएको बताइएको छ ।
डाक्टरको समूहले उनीहरुको निगरानी गरिरहेको छ । यो विषयमा भानबोरा प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टर, आंगनवाडीकी एक सेविका र एक कार्यकर्ताविरुद्ध अनुसन्धानको आदेश दिइएको छ ।
यवतमालका सामाजिक कार्यकर्ता किशोर तिवारीले आफूले स्वास्थ्यमन्त्री राजेश टोपेलाई भेट गर्ने र दो’षीमाथि कारवाहीको माग गर्ने जानकारी दिएका छन् ।
घटना आइतबारको हो ।
त्यसको भोलिपल्ट सोमबार जब पोलियो अभियान लिएर आएका समूहलाई यसबारे जानकारी दिइयो तब उनीहरुलाई आफ्नो गल्ती महसुस भएको र उनीहरुले दोस्रोपटकमा ती बालबालिकालाई पोलियोको थोपा खुवाए ।
यो पनिपढ़नु होस:काभ्रे । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।
गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ ।
तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।
चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ ।
ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।
प्रतिकृया दिनुहोस्