Sunday, January 24

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको नि*धन भए पछी स्थानीयवासी त्रसित

May 17, 2020 256

नेपालगन्ज । बाँकेमा कोरोनाको जोखिममा कारण क्वारेन्टाइनमा राखिएका एक युवकको निधन भएको छ । बाँको नरैनापुर गाउँपालिकामा युवकका निधन भएको हो । नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका अन्दाजी २५ बर्षीय युवकको आइतबार विहान भएको हो । उनलाई वाकवाकी भएको क्वारेन्टाइनमा बसेका अन्यले स्थानीयलाई जानकारी दिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिडिसकेको जानकारी दिएका छन् । मृतक युवाको मेडिकल रिपोर्ट आएपछि मात्रै निधनको कारण बताउन सकिने उनले बताएका छन् ।

पीपीइ सुरक्षा सामाग्री उपलब्ध नभएका कारण स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि उपचारका लागि नेपालगन्ज ल्याउन नमानेको स्थानीयले जानकारी दिएका छन् । यसअघि जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले कोभिडलाई लक्षित गरी प्रत्येक स्थानीय तहमा एम्बुलेन्स र चालक तयार राख्ने निर्णय गरेको थियो । तर, क्वारेन्टाइनमा उपचार नपाई युवाको निधन भएपछि स्थानीयमा आक्रोशित भएका छन् ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै निधन भएको हो । बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे निधनु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको निधन भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको निधन भएको जानकारी दिए । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ ।

जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्र स्थित सेन्टरसँग सुरक्षा सामाग्री लिखित रुपमा नै निर्णय गरेर माग गरेको छ । नरैनापुरमा ८ जना कोरोना पोजेटिभ भेटिएपछि शनिबार चार वटा क्याम्प मार्फत २ सय ६३ को स्वाब संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्