Saturday, January 16

धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको दाहसंस्कार सुरक्षा निकायले गर्ने, शव दाहसंस्कारका लागि पशुपति आर्यघाटमा ल्याइयो

May 16, 2020 257

काठमाडौं, ३ जेठ । गत विहीबार राति धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको दाहसंस्कार सुरक्षा निकायले गर्ने भएको छ । धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

सोही अनुसार ती महिलाको दाहसंस्कार नेपाल प्रहरीले गर्ने तयारी भइरहेको छ । ती महिलाको शवलाई दाहसंस्कारका लागि पशुपति आर्याघाट ल्याउँदै गरेको जानकारी गराइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।कोरोना भाइरस संक्रमणकै कारण ती महिलाको ज्यान गएको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्