Sunday, January 24

कोरोना पोजेटिभ देखिएर धुलिखेल अस्पतालमा निधन भएकी २९ बर्षिया सुत्केरी महिलालाइ बचाउँन निकै प्रयास गरिएको थियो तर डाक्टरले सकेनन बचाउन !

May 16, 2020 354

धुलिखेल अस्पतालमा निधन भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र उहाँहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ ।

गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पु¥याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै निधन भएको थियो । मृतकका परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पु¥याएका थिए ।

अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले १० दिनकी ती सुत्केरी महिलाको निधन भएपछि हिजो नै थप परीक्षणका लागि स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताउनुभयो ।

डा ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा शुक्रबार पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो । आज स्वास्थ्य मन्त्रालयले पनि मृतक महिलाको स्वास्थ्यका विषयमा थप विवरण सङ्कलन गरिरहेकाले कोरोना भाइरसका कारण निधन भएको पुिष्ट भइनसेकको जनाएको छ ।

धुलिखेल अस्पतालका अनुसार बिहीबार राति ९ः३० बजे अस्पताल ल्याइपु¥याउँदा नै ती महिलाको अवस्था निकै गम्भीर थियो र ट्युब राखेर भेन्टिलेट गर्दा पनि सुधार आएको थिएन ।

घर फर्किएदेखी नै ज्वरो आउने र स्वास फेर्न गाह्रो भएपछि बाह्विसे स्वास्थ्यकेन्द्र लगिएको थियो । त्यहा भेन्टिलेटर नभएका कारण धुलिखेल अस्पताल रेफर गरिएको थियो । ‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ त्यहा कार्यरत चिकित्सकले भन्नुभयो, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो ।

महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उहाँहरूलाई पनि अस्पतालको क्वारेन्टिनमा राखिएको छ । मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ ।

मृतकका परिवारले गत वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा महिला सुत्केरी भएकी र २४ गते अस्पतालबाट घर पठाइएको केही दिनपछि स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले मृतक महिलाको थप परीक्षणको रिपोर्ट आएपछि अस्पताललगायत जिल्लामा थप सतर्कता अपनाउनेबारे निर्णय गरिने जानकारी दिनुभयो ।

सुत्केरी भाइरसको कोरोनाले निधन भएपछि स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालसँग छलफल गरेको छ। बिहीबार राति करिब १० बजे निधन भएकी महिलाकोबारे डा. गुणराज लोहनीको नेतृत्वमा डा. दिपेन रमण सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको हो। उँहाहरु छलफल गरेर फर्किनु भएको छ ।

त्यस्तै निधन भएको खबर लगतै महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे हो भने माइती गाउँ बलेफी गाउँपालिका हो । बलेफीको ७ र ८ वडालाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पुष्टि गर्नुभएको छ । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

धुलिखेल अस्पतालमा जस्तै उनको घर र माइती गाउँको वार्डका मासिनलाई वाहिर जान र वार्डमा प्रवेश गर्न दिइने छैन । धुलिखेल अस्पतालमा कोरोनाको लक्षण देखिएकी २९ वर्षकी सुत्केरी महिलाको निधन भए पछि उच्च सतर्कता अपनाइएको हो । सुत्केरीलाई भेट्न उनका माइती गाउँका आफन्त महिलाको घर गएका थिए । त्यसैले माइती गाउँलाई पनि सिल गरिएको हो । त्यसका लागि सेना पनि परिचालन गरिएको छ । माइती र घरको वडावाट मानिसलाई भित्र जान र वाहिर आउन नदिनका लागि प्रहरीलाई सेनाले सघाउने छ ।

प्रतिकृया दिनुहोस्