Saturday, January 23

काठमाण्डौका यी मनकारी घरधनी, कोरना भा’इरससंग लड्न क्वारेन्टाइनको लागि आफ्नो घर नि:शुल्क दिदै !

March 18, 2020 354

काठमाडौं । विश्वमा को’रोना भा’इरस को त्रा’स फैलिरहेको बेलामा नेपालमा पनि स’जगता अपनाइएको छ । नेपालमा अहिले सम्म को’रोनाको सं’क्रमण नदेखिएपनि भित्रिन नदिन सा’वधानी अपनाइएको छ । सरकारले औ’षधी र अस्पतालको ब्यवस्था गरेको जनाएको छ । सरकारलाई कोरोना वि’रुद्ध सजगता अ’पनाउन सहयोग गर्दै स्थानिय त’वरवाट पनि आ’ह्रवान हुन थालेको छ । काठमाडौंमा हुन सक्ने को’रोनाको सं’क्रमणवाट ब’चाउन काठमाडौंका २ जना घरधनीहरुले आफुहरुको घरलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आ’ह्रवान गरेका छन् ।

को’रोना वि’रुद्धको ल’डाई सरकारको मात्र नभएर सर्वसाधारणको पनि दा’यित्व भन्दै उनीहरुले आफ्ना घरलाई क्वारेन्टाइनक रुपमा प्रयोग गर्न आह्रवान गरेका हुन् । कोरोनाको आ’शंका गरिएका ब्यक्तिलाई १४ दिन सम्म राख्न आफ्ना आलिशान भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् ।काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतमले यस्तो आह्वान गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना ति घर सार्वजनिक गर्दै क्वारेन्टायनमा बस्न निशुल्क रुपमा उपलब्ध गराउने बताएका छन् ।

आलिशान देखिने ति घर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेका हुन् ।काठमाडौंको सिफल स्थित आफनो आलिशान घर देखाउँदै चिराग गोयलले फेसवुकमा लेखेका छन्, ‘यो सिफल, काठमाडौंमा रहेको हामो खाली घर हो । एक विदेशीले काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा रहेको पोस्ट देखे,’ ‘त्यसैले हामीले हाम्रो घरलाई १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहन (बस्न) दिने निर्णय लिएका छौं ।’गोयलले आफ्नो घरमा ९ वटा कोठा रहेको र २ वटा छतहरुलाई पनि कोठा बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

उनले को’रोना भा’इरससँग ल’ड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताएका छन् । उनले अझै अगाडी बढेर भनेका छन् को’रोनासंग जुध्नका लागि सरकारले चाहे आफ्नो खाली घरलाई अ’स्थायी अस्पताल बनाउन चाहे पनि उपलब्ध गराउन चाहन्छु ।यस्तै काठमाडौंकै अर्का घरधनी लालचन्द्र गौतमले पनि आफ्नो कुलेश्वरमा रहेको आफ्नो खाली घरलाई पनि क्वारेन्टायनका लागि प्रयोग गर्न सकिने बताएका छन् । विक्रीका लागि राखेको घर अहिले खाली छ ।त्यसैले त्यो घर पनि क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउने घो’षणा गरेका छन् ।

गौतमले आफ्नो घरमा ३ वटा फ्लोरमा २ वटा वेडरुम सहितको कोठा, २ वटा किचेन र २ वटा लिभिङ रुम रहेको उल्लेख गरेका छन् । ‘मलाई थाहा छ नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन, त्यसैले म आफ्नो घर अस्थायी अस्पतालको लागि निःशुल्क उपलब्ध गराउन चाहन्छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घर हामी को’रोना भाइरस मु’क्त नेपाल भए पछि मात्र बिक्री गर्ने छौं ।’

प्रतिकृया दिनुहोस्