Thursday, February 25

सिन्धुपाल्चोकको नौ किलोमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना भन्दा बढी घाइते

February 2, 2021 60

काठमाडौं, २० माघ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित नौ किलोमा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ । मंगलबार (आज) दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा १५ जना भन्दा बढी यात्रु घाइते भएका छन् । लामोसाँघु–जिरी सडकखण्डमा बा२ख २७८९ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण सडकमै पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उक्त बसका चालक भने फरार बनेका छन् ।

प्रतिकृया दिनुहोस्