Friday, January 15

कतारमा ८ जना नेपालीले पाए आममाफी

May 16, 2020 282

कतारले ८ जना नेपाली कामदारलाई आममाफी दिएको छ ।रमादानको अवसरमा दिइने आममाफीबाट यसपटक ८ जना नेपाली कैदीहरुले आममाफी पाएका हुन् ।कतारस्थित कारागारमा विभिन्न सजायमा बन्दी जीवन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ ।

दुतावासका द्वितिय सचिव प्रविन भट्टराईले ८ नेपाली कैदीहरुले आममाफी पाएको पुष्टि गरे ।तर आममाफी पाएका नेपाली कामदारको नाम र ठेगाना सार्वजनिक गरिएको छैन ।यसअघि कोरोना भाइरसको महामारीको अवस्थामा १८ नेपालीले आममाफी पाएका थिए ।

प्रतिकृया दिनुहोस्