Friday, January 22

चीनको इशारामा नेपालले लिपुलेकको विरोध ग-यो भन्दै भारतीय प्रधानसेनापति भन्यो यस्तो

May 15, 2020 463

काठमाडौं, २ जेठ । भारतले नेपाली भूमि अतिक्रमण गरी तिब्बतको मानसरोबर जाने सडक निर्माण गरेकोबारे नेपालले अरु कसैको इशारामा आपत्ति जनाएको भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवानेले बताएका छन् ।

शुक्रबार भारतीय रक्षा मन्त्रालयअन्तर्गतको ‘थिंक ट्याङ्क द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसले गरेको एक कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नरहेको दाबी गरेका हुन् । साथै उनले नाम नलिइकन नेपालले चीनको इशारामा विरोध गरेको पनि उनको ठम्याइ छ ।

यस विषयमा आफूले कुनै विरोधाभाष नदेखेको बताउँदै कालापनी पूर्वको भू–भाग नेपालको भएको तर सडक नदीभन्दा पश्चिममा रहेको उनले बताए । यसैबीच उनले त्रिपदेशीय जक्सन (नेपाल, भारत र चीनको) कहाँ हुनुपर्छ ? भन्ने मुद्दा बाँकी रहेको बताए ।

केही दिन अगाडि भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट तिब्बतको मानसरोबर जाने निर्माण गरिएको सडकको उद्घाटन गरेका थिए । त्यसपछि भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको भन्दै विभिन्न विरोध प्रदर्शनहरु भइरहेका छन् ।ले भन्यो यस्तो

प्रतिकृया दिनुहोस्