Saturday, January 16

संक्रमित भएपछि आफुले भोगेको पीडाहरु यसरि सुनाए

May 15, 2020 334

काठमाडौं, २ जेठ । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धी श्रेष्ठले आफूमा भाइरसको संक्रमण भएपछि भोगेका पीडाहरु अकल्पनीय र दुःखद रहेको बताएकी छिन् ।

श्रेष्ठले आफू अस्पतालमा हुँदा धेरै घृणा र नकारात्मक कुराहरु सुन्नु परेको गुनासो गरिन । सर्वसाधारणले मात्र नभइ मिडियाहरुमा पनि आफ्नोबारेमा नकारात्मक टिकाटिप्पणी भएको उनले गुनासो पोखिन् । २७ दिनको अस्पतालको उपचारपछि आफू पूर्ण रुपमा ठीक भएको बताउँदै उनले अहिले आफू स्वस्थ्य भएको बताइन् ।

श्रेष्ठले आफूले कोरोना आफ्नो कोही परिवारको सदस्यलाई पनि नसारेको भन्दै विदेशबाट आएलगतै आफू सेल्फ आइसोलेसनमा बसेकी बताएकी छिन् । सेल्फ आइसोलेसनबाट नै उनले माक्स, पञ्जा र चस्मा लगाएको बताइन् । उनले कोरोनाबाट बच्न सबै नियमहरु पालना गर्नका लागि सबैलाई आग्रह पनि गरेकी छिन् ।

आफूले गरेको प्रयासबाट अरुलाई पनि जोगाउन सकिने भन्दै एक–एक जनाले गरेको प्रयासले धेरै जनालाई जोगाउन सहयोग पुर्याउने श्रेष्ठले बताइन् । उनले सबैलाई माक्स लगाउने, साबुनपानीले हात धुने, सामाजिक दूरी जस्ता सबै नियमहरुको पालना गर्न अनुरोध गरेकी छिन् ।

श्रेष्ठ फ्रान्सबाट कतारको दोहा हुँदै चैत ५ गते स्वदेश आएकी थिइन् । कोरोना देखिएपछि उनी चैत ९ गते शुक्रराज अस्पताल भर्ना भएकी थिइन् । २७ औं दिनमा उनी डिस्चार्ज भइन् ।

प्रतिकृया दिनुहोस्