Friday, January 22

लकडाउनमा थप कडाइ, काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ गरिने

May 15, 2020 276

काठमाडौं- विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने भएको छ ।प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ ।

प्रतिकृया दिनुहोस्