Saturday, January 23

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने प्रशासनको निर्णय

May 15, 2020 311

काठमाडौं उपत्यकाका सबै सरकारी कार्याललय १५ दिनका लागि बन्द गर्ने निर्णय भएको छ बिहीबार उपत्यकाका जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित मुलुकका धेरै ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो ।बैठकमा अत्यावश्‍यक सेवा प्रदान गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुने निर्णय भएको छ ।

बैठकपछि निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टरमा पठाएको छ ।

प्रतिकृया दिनुहोस्