Friday, January 22

चर्काे विरोध पछी पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ जान सवारी पास उपलब्ध

May 15, 2020 311

काठमाडौं । गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ जान सवारी पास उपलब्ध गराएको छ ।बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले सवै पास रद्ध गरेका थिए ।उक्त निर्णयको सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएको थियो । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो ।बिहीबार अवेर राति नै पुनः गृह मन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान करिव साढे आठ बजे दमकबाट काठमाडौँ प्रस्थान गरिसकेका छन् ।लकडाउन अघि झापा आएका पूर्व राजा लकडाउनका कारण झापामै बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्