Friday, January 22

फेरी एक जनाले जीते कोरोना, कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुग्यो

May 14, 2020 314

विराटनगर । आज फेरी एक जना कोरोना संक्रमित डिस्चार्ज हुन सफल भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । देशभर कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । देशभर २ सय ४६ जना संक्रमित छन् ।आज डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो ।

उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।प्रदेश १ मा उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस्