विराटनगर । कोरोना भाइरस पोजेटिभ देखिएका र कोसी अस्पतालको को’भिड १९ उपचार केन्द्रमा उपचाररत १९ जना कोरोना संक्रमित मध्ये थप सातजनाको पहिलो रिपोर्ट नेगेटिभ आएको छ । दोस्रो स्वा’ब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए उनी अस्पतालबाट डिस्चार्ज हुनेछन् ।कोभिड उपचार के’न्द्रमा रहेका पुराना १५ जनाको स्वास्थ्य परीक्षणगर्दा पहिले परीक्षणमा सातजनाको रिपोर्ट नेगेटिभ आएको चिकित्सक टो’लीका संयोजक डा.दीपक सिग्देलले जानकारी दिए ।बाँकी आठ जनाको भने पहिलो रिपोर्ट नै पोजेटिभ आएको जनाइएको छ ।
दोस्रो पटक स्वास्थ्य जाँ’चगर्दा पनि नेगेटिभ रिपोर्ट आयो भने शनिबारसम्ममा उनीहरुलाई डिस्चार्ज गरिने डा. सिग्देलले बताए ।विराटनगरस्थित को’भिड अस्पतालमा उपचाररत १९ मध्ये चारजना उदयपुरको भु’ल्केका छन् । उनीहरु सवैभन्दा पछि अस्पताल आएका हुन् ।त्यसअघि नै अस्पतालमा भ’र्ना भएका १५ जना मध्ये ५ जना भारतीय ज’माति छन् । ४ महिलासहित बाँकी १४ जना उदयपुरका स्थानीय हुन् ।कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३५ जना मध्ये हालसम्म १६ जनाको डि’स्चार्ज भइसकेको छ ।
प्रतिकृया दिनुहोस्