Saturday, January 16

‘कोरोनासँग लड्न नेपाललाई के-के चाहिन्छ सबै पठाउँछौँ’: चीन

March 18, 2020 440

काठमाडौँ – चीनबाट शुरु भएर विश्वव्यापी रुप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। छिमेकि मुलुक भारत सहित विश्वका १ सय ५० भन्दा बढी मुलुकमा कोरोना देखिएको अवस्था छ। कोरोना भाइरसको जोखिममा रहेको नेपाललाई छिमेकी चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउन चीनले प्रतिवद्धता व्यक्त गरेको हो। चीन सरकारले चिनियाँ दूतावासमार्फत एक पत्र पठाएर नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्न चीन सरकार तयार रहेको र के-कस्तो सहयोग चाहिन्छ भनेर प्रश्न समेत गरेको छ।

परराष्ट्र मन्त्रालयलाई पठाइएको पत्रमा कोरोना संक्रमणले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको उल्लेख गर्दै चीनले नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ। पत्रमा चीनबाट नेपालले के-कस्ता सहयोग अपेक्षा गरेको छ भनेर सोधिएको छ। नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउन चीन सरकार तयार रहेको पनि पत्रमा उल्लेख गरिएको बताइएको छ। यस्तै चीनले कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक पनि पठाउने चीनले प्रतिवद्धता व्यक्त गरेको छ

प्रतिकृया दिनुहोस्