Thursday, January 21

भोलीबाट लकडाउन कडा बनाउने निर्णय, रातोमाटे नाकाबाट मानिस हेटौँडा छिर्न नपाउने

May 12, 2020 333

हेटौँडा ।कोरोनाको संक्रमण बढदै गएपछि मकवानपुरमा भोलीबाट पुर्वपश्चिम राजमार्गको चुरीयामाइ क्षेत्रहुँदै हेटौँडा आवतजावत बन्द गरिएको छ ।आज हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै दक्षिणको नाकामा प्रहरी पोष्ट खडा गर्ने र मकवानपुर आउने सबारीसाधनको कडा निगरानी गर्ने भएको हो ।बैठकले भोलीबाट विहान ९ बजेसम्म खाद्यन्न तथा ग्यास पसलमात्र खोल्न पाउने निर्णय गरेको छ भने औषधी तथा भेटनरी, कृषि औसधी पसललाई दिनभरी खोल्न दिने निर्णय गरेको छ ।

बैठकले भोली एकदिनको लागि तरकारी बजार तथा माछामासु बजार खोल्न दिने तर पर्सि जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । तरकारीको लागि भने सहकारी मार्फत कुनै स्थानबाट वितरण गर्ने निति अबलम्बन गर्ने निर्णय समेत कमाण्ड पोष्टले गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । बैठकले तराईका जिल्लाबाट मकवानपुर छिर्ने अन्य नाकामा समेत कडाई गर्ने निर्णय गरेको छ भने बैैंकलाई विहान १० बजेबाट ३ बजेसम्म खुल्ला गर्ने तर भिडभाड गर्न नदिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्