Saturday, January 16

काठमाडौंबाट प्यूठान पुगेका ११ जनामा आरडीटी पोजिटिभ

May 12, 2020 303

तराईका जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थामा पहाडी जिल्लामा पनि संक्रमण देखिन थालेको छ । काठमाडौंबाट प्युठान आएका ११ जनामा र्‍यापिड डाइग्रोस्टिक टेस्ट ९आरडीटी० परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरु हाल प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । रिपोर्ट पोजिटिभ देखिनेहरुमा ८ जना पुरुष र ३ जना महिला रहेका छन् ।

उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको छ । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।

त्यस्तै खोटाङमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मार्फत कोरोना परीक्षण गर्दा पहिलोपटक पोजेटिभ नतिजा आएको छ । साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । पोजेटिभ नतिजा आएको घरमा गाउँपालिकाले सिलबन्दी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झङ्कार)ले दुबईबाट ११ फागुनमा काठमाडौँ ओर्लिएर १२ वैशाखमा रिजर्भ गाडीमार्फत गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौंमा अस्थायी बसोवास गर्दै आएका २३ वर्षीय युवकको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो । २३ वर्षीय युवक पनि रिजर्भ गाडीबाटै १३ वैशाखमा गाउँ पुगेको जनाइएको छ । उनीहरूको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि कोरोना संक्रमण भए–नभएको पुष्टि हुन बाँकी छ । पीसीआरमार्फत परीक्षण गरेपछि उनीहरू संक्रमित भए–नभएको पुष्टि हुनेछ ।

अध्यक्ष खड्काले पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरूको परिवारका अन्य सदस्यको पीसीआर परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर पठाउने तयारी भएको जानकारी दिएका छन् । पीसीआरको रिपोर्ट नआएसम्मका लागि उनीहरूको घरलाई पूर्ण रूपमा सिल गरिएको अध्यक्ष खड्काले जनाएका छन् ।

काठमाडौंबाट आएलगत्तै १४ दिन क्वारेन्टाइन बसेपछि होम क्वारेन्टाइनमा पठाइएको अवस्थामा उनीहरूको आरडीटी परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आरडीटी रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा४ख २१२९ नम्बरको गाडीमा १२ वैशाखमा ३७ जना र १३ वैशाखमा २३ वर्षीय युवक चढेको बा४ख ५०२८ नम्बरको गाडीमार्फत ३८ जना सर्वसाधारण जिल्ला भित्रिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्