Wednesday, January 27

पहिलोपटक कपिलवस्तुमा स्टार्फ नर्समा पनि देखियाे काे*राेना संक्रमण

May 12, 2020 251

कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे छ । कपिलवस्तुमा आज भेटिएका ८ कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे हो । स्वास्थ्य मन्त्रालयको कोरोना रिपोर्टमा कपिलवस्तुकी एक २५ वर्षीया युवती कोरोना संक्रमित भनिएको छ । ती कोरोना संक्रमित युवती कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइन्छ ।

संक्रमित स्टाफ नर्सलाई कपिलवस्तु नगरपालिका–२ स्थित महेन्द्र आधारभूत विद्यालयमा राखिएको रिपोर्टमा देखाइए पनि उनी आफनै घरमा कोरेन्टाइनमा बस्दै आएकी छिन । स्टाफ नर्समा कोरोना देखिए अस्पतालमा रहेका सबै जना नै क्वारेनटाइनमा बस्नु पर्ने अवस्था आएको छ ।

नेपालमा हालसम्म १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएको छ । जम्मा एक सय ९१ जनामा मा संक्रमण देखिएकोमा ३३ जना निको भइसकेका छन् ।

सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा छन् । जहाँ संक्रमितको संख्या ६४ पुगेको छ । मंगलबार मात्र ३९ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा पाँच तथा कैलालीमा चार जनामा संक्रमण भेटिएको छ ।

केही समयअघि धनुषामा कार्यरत नर्स दुर्गा शर्माले यसरी आफ्नाे व्यथा पाेखेकी थिइन् । त्यस्तै वीरगञ्जमा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । लकडाउनको समयमा पनि पत्रकारहरु फिल्ड रिपोर्टिङमा खटिएका छन् । नारायणी अस्पतालका चिकित्सकले संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्