पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पे’स्तोल र गो’लीसहित सम्पर्कविहिन थिए ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए । प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन् ।
राती २–३ बजेसम्मको ड्युटीमा खटिएका प्रहरी जवान खड्का आफूसँगै भएको एक थान पे’स्तोल र गो’लीसहित सम्पर्कविहीन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट एक टोली अनुसन्धानका लागि आग्रीगाउँतर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।
प्रतिकृया दिनुहोस्