काठमाडौं । सरकारले भारतीय राजदूतलाई बोलाएर लिपुलेकमा सडक निर्माण गरेको विषयमा जानकारी लिएको छ । भारतीय हेपाहा प्रवृत्ती विरुद्ध नेपालले अहिले सम्मकै कडा कदम चाहेको हो । लिपुलेक र कालापानीको समस्या निकै लामो समय देखिको वि वा द भएपनि ठोस ढंगले अहिले त्यसवारेमा कुटनीतिक प्रयास भएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा स्पष्टीकरण लिएका हुन् ।स्रोतकाअनुसार मन्त्री ज्ञवालीले राजदूत क्वात्रासँग नेपाली भूमि मिचेर नेपाललाई थाहै नदिई सडक उद्घाटन गरेको भन्दै आ प त्ति जनाएका थिए । मन्त्री ज्ञवालीले भारतीय राजदूत क्वात्रालाई कुटनीतिक नोटसमेत दिएका थिए ।
भारतले नेपालमाथि हेपाहा प्रवृति देखाएको भन्दै राजनीतिक दल, नागरिक समाजलगायतले आ प त्ति जनाउँदै आइरहेका छन् । त्यस्तै राजनीतिक दल र नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता गरेर गुमेको नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आएका छन् ।
प्रतिकृया दिनुहोस्