Saturday, January 16

आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संख्या १३४ पुग्यो

May 11, 2020 259

काठमाडौं । नेपालमा आज एकैदिन २४ जना कोरोनाका सक्रमित थपिएका छन्।पछिल्लो विवरण अनुसार कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।यीसँगै सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।नेपालमा एकै दिन २४ जना थपिएको आज पहिलो पटक हो। संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा जोखिम उच्च तहमा पुगेको छ।

प्रतिकृया दिनुहोस्