Friday, January 22

अब होटल चलाउन यस्तो नयाँ नियम !

May 11, 2020 1832

काठमान्डौ , अब होटलका लागि नयाँ निर्देशिका जारी भएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको नयाँ निर्देशिका अनुसार अब एक पाहुँना वा ग्राहक बसेको ४८ घण्टासम्म सोही कोठामा अर्को सेवाग्राही राख्न पाइने छैन । एउटा पाहुना होटेलबाट बिदा भइसकेपछि कोठालाई ४८ घण्टा खाली राखेर पूर्ण रुपमा सरसफाई सकेर मात्रै अर्को पाहुँना राख्न निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ । बोर्डले निर्देशिका जारी गर्दै सबै होटलहरुलाई ढोकाको डिजिटल कोड मोवाइलमा सेट गर्ने प्रवन्ध मिलाउन र सोही कोडका आधारमा ढोका खुल्ने व्यवस्था गर्न भनेको छ ।

बोर्डले पाहुँनासँग आर्थिक कारोबार गर्दा सकेसम्म डिजिटल भूक्तानीको व्यवस्था मिलाउनसमेत भनेको छ । होटलका लागि मात्रै सेवाग्राही तथा पाहुँनाका लागि पनि निर्देशिका जारी भएको छ ।निर्देशिकाअनुसार अब सकेसम्म होटेलहरुले डिजिटल साँचो प्रयोग गर्नु पर्नेछ । होटेलमा छिर्नुअघि अनिवार्य तापक्रम जचाउनुपर्ने, रेस्टुरेन्टमा प्रवेश गर्दा हात धुनुपर्ने, खाना तथा खाजाको बिल तिर्दा सकेसम्म अनलाइनमार्फत तिनुपर्ने छ । यति मात्रै नभई होटल तथा रेष्टुरेन्टले पाहुँनाको यात्रा विवरणसमेत माग गर्न सक्नेछ ।

प्रतिकृया दिनुहोस्