२९ वैशाख, काठमाडौँ । केही हप्ता पहिले लगातार उकालो लागि रहेको सुनको मूल्य केही दिनयता यथावत् छ ।आइतबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार ७६ हजार वरीपरी नै रहेको हाे । त्यसैगरी, तेजाबि सुनको मूल्य ७६ हजार कै हाराहारीमा रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो पनि
काठमाडौं। शुक्राचार्य ज्ञानी ऋषि हुनुका साथै राम्रा नीतिकार पनि थिए। उनले कयौं शास्त्रको रचना पनि गरेका छन्। शुक्राचार्यको नीतिले धेरै महत्व राख्छ। शुक्राचार्य महर्षि भृ’गुका पुत्र थिए। उनलाई दैत्य गुरु पनि भनिन्छ। शुक्राचार्यले नै दै’त्यलाई ज्ञान र तपको मार्ग देखाएका हुन्। सही र ग’लतको जानकारी दिने उनको काम थियो। शुक्राचार्यले बनाएको नीति आज पनि उत्तिकै सान्र्दभिक छ। शुक्राचार्यले आफ्नो एक नीतिमा ६ चिजका विषयमा बताएका छन्। जसलाई आफ्नो अबमा राख्ने कोशिस नै संभव हुँदैन। उनका अनसार धर्मको मार्गमा हिँड्दै त्यसको उपयोग गर्नु राम्रो हुन्छ।
यौ’वन जीवितं चित्तं छाया लक्ष्मीश्च स्वामिता। चंचलानि षडेतानि ज्ञात्वा धर्मतरो भवेत्।। अर्थात, यौ’वन, जीवन, मन छायाँ, लक्ष्मी र सत्ता यी ६ चीज धेरै चंचल हुन्छन्। यसलाई बुझेर धार्मिक काममा लागिरहनुपर्छ। जवानी सबैलाई आफू सधैं सुन्दर, जवान र आकर्षक बनी राखुँ भन्ने चाहना हुन्छ। कसैलाई पनि बुढो हुन मन लाग्दैन। तर त्यस्तो संभव हुँदैन। यो प्रकृतिको नियम हो, एक समयपछि सबैलाई युवावस्थाले उसको साथ छोड्छ। अब सधैं युवा भइराख्न मनुष्यले जति कोशिश गरेपनि संभव हुँदैन।
जीवन जन्म र मृ’त्यु मनुष्य जीवनको अभिन्न अंग हो। जसको जन्म भयो उसको मृत्यु निश्चित छ। कुनै पनि मनुष्यले चाहे जतिसुकै पूजा पाठा गरेपनि वा औषधिको सहारा लिएपनि निश्चित समयपछि उनको मृ’त्यु हुन्छ।मन मन निकै चंचल हुन्छ। कयौं मानिस मनलाई आफ्नो नियन्त्रणमा राख्न कोशिश गर्छन। तर कुनै न कुनै बेला उनीहरुको मन अनियन्त्रित भइहाल्छ। र उसले यस्तो काम गराउँछ, जुन काम गर्नु हुँदैन थियो।
छाँया मनुष्यको छायाँले उसका साथ त्यतिबेलासम्म दिन्छ, जतिबेला उ घाममा हिँड्छ। अन्धकार भएपछि छायाँले पनि मनुष्यको साथ छोड्छ। लक्ष्मी मन जस्तै धनको स्वाभाव पनि निकै चंचल हुन्छ।धन सधैं भरी एक ठाउँमा वा कुनै व्यक्तिसँग मात्र टिक्दैन। त्यसकारण धनसँग मोहित हुनु ठिक हुँदैन।
सत्ता धेरै मानिसलाई शक्ति अर्थात सत्ता पाउने शोक हुन्छ। आफूलाई प्राप्त पद र अधिकार जीवनभर प्राप्त भइरहोस भन्ने मानिसको चाहना हुन्छ। तर त्यस्तो संभव हुँदैन। जसरी परिवर्तन प्रकृतिको नियम हो त्यसैगरी पद र अधिकार पनि परिवर्तन भइरहन्छ।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।समस्या समाधानमा कठीन सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।आँखामा प्रेशर अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।ध्यान दिन नसक्नु मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।
प्रतिकृया दिनुहोस्