Saturday, January 16

सगरमाथा चीनमा पर्छ भन्दै चिनियाँ मिडियाले लेख्यो समाचार

May 10, 2020 485

काठमाडौं । भारतले नेपालको भूभाग मिचेको विषयमा चौतर्फी विरोध भईरहेको बेला सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गर्दै चीनको एक सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क ९सीजीटीएन०’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ । सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै यतिबेला सामाजिक सञ्जालहरुमा विरोध भइरहेको छ । उनीहरूले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् । उनीहरूले १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८।१३ मिटर र २००५ मा आठ हजार ८४४।४३ मिटर रहेको उल्लेख गरेका छन् ।

भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिएको छ ।

सन् २०१० तिर फेरि सगरमाथाको उचाइ पुनः आठ हजार आठ सय ४८ मिटर नै हो भन्ने सहमति जुटाइयो । सन् २०१५ ९वि।सं। २०७२० मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्कियो तर हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।

सन् १९९९ मा अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर रहेको निष्कर्ष निकालेको थियो । त्यसलाई नेपालले स्वीकार नगरेपछि सन् २००५ तिर चिनियाँ नापीको टोलीले सगरमाथाको उचाइ आठ हजार आठ सय ४४ मिटर रहेको र त्यसमा हिउँको उचाइ चार मिटरजति रहेको निष्कर्ष निकालेको थियो ।

प्रतिकृया दिनुहोस्