काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।
उता चितवनमा आज (शनिबार) परीक्षण गरिएका ४६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।बिहीबार र शुक्रबार संकलन गरिएको ४६ जनाको स्वाब आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यस प्रयोगशाला पनि आजैदेखि संचालनमा आएको हो । कीट अभावका कारण एक सातादेखि प्रयोगशाला ब’न्द थियो ।
प्रतिकृया दिनुहोस्