Wednesday, January 27

डिएसपी सहित आधा दर्जन प्रहरीलाई यो हालत बनाउँने चिनियाँविरुद्ध मुद्धा चलाइने

May 9, 2020 268

काठमाडौं । आफ्नो देश फिर्ता जान पाउँनेपर्ने भन्दै शुक्रवार धर्ना दिनेमध्य चारजना चिनियाँविरुद्ध मुद्दा चलाइने भएको छ । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हा तपा त गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अ भद्र व्य वहारको मु द्दा चलाउने भएको हो । सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । प्रहरीमाथि हा तपा त गरेको भन्दै चार जनामाथि अ भद्र व्य वहारको मुद्दा चलाउने तयारी गरिएको हो ।

हिजो राति नै चिनियाँ दुतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई यहाँको नियम कानुनको पालन गर्न अनुरोध गरेको थियो । निषेधित क्षेत्रमा धर्ना बसेका उनीहरूलाई प्रहरीले हटाउन खोज्दा दुई पक्षबिच झ डप भएको थियो । झ डपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतसहित दुई पक्षका झण्डै एकदर्जन व्यक्तिहरु घाइते भएका थिए ।

झ डपका क्रममा चिनियाँ नागरिकले नेपाली प्रहरीको बर्दी तान्नुका साथै मुक्का र ला त्तीसँगै ला ठ्ठी पनि हा ने का थिए । ती चिनियाँ नागरिकहरू तीन देखि छ महिना अघि नै काम गर्न नेपाल आएका थिए । यसअघि पनि उनीहरू नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप अगाडि धर्ना दिन गएका थिए । उनीहरुले आफुहरुसँग पैसा नभएको भन्दै घर जान दिनुपर्ने माग राखेका छन् । तर नेपालले कोरोना महामारीका कारण सबै आन्तरीक तथा बाह्य उडानलाई बन्द गरेको छ । दुतावासले उनीहरुलाई संयममता अपनाउन अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्