Monday, March 8

कपिल शर्मा दोस्रो पटक बुवा बने, छोरा जन्मिएपछी परिवारमा छायो यस्तो खुसीको माहोल

February 1, 2021 112

एजेन्सी । भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्मा दोस्रो पटक बाबु बनेका छन्। छोरी जन्मिएको १ वर्ष पुग्दा नपुग्दै कपिल दोस्रो पटक बाबु बनेका हुन् । श्रीमतीलाई सहयोग गर्न भन्दै उनले आफुले संचालन गर्दै आएको कार्यक्रम द कपिल शर्मा शो पनि छोडेको बताइएको छ ।

सोमबार बिहान उनकी श्रीमती गिन्नीले छोरा जन्माएकी छिन्। कपिल शर्मा आफैंले ट्विट गर्दै सो कुराको जानकारी दिए पछि सामाजिक सञ्जालमा वधाई दिनेको ओइरो लागेको छ । सबैलाई उनीहरूको प्रेमको लागि धन्यवाद व्यक्त गरेका छन्।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ। भगवानको अनुग्रहले बच्चा र आमा दुवै स्वस्थ छन्। तपाईं सबैको प्रेम आशीर्वाद र प्रार्थनाका लागि धन्यबाद। सबैलाई धेरै प्रेम।’

एक वर्ष अघि २०१९ मा गिन्नीले छोरी अनायरा शर्मालाई जन्म दिएकी थिईन। कपिल र गिन्नीको विवाह १२ डिसेम्बर २०१८ मा भएको थियो।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

प्रतिकृया दिनुहोस्