खु’कुरी प्र’हारबाट गाउँपालिका अध्यक्षका छोराको हत्’या भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खु’कुरी प्र’हार गरी सोमबार ह’त्या गरिएको हो ।दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकु’री प्रह’ार भएको प्रहरीले बताएको छ ।
तुलसीपुरका अमृत खडकालगायत ४-५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खु’कुरी प्र’हार गरी ग’म्भीर घा’इते बनाएको थियो। उपचारका क्रममा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमनाथ योगीले जानकारी दिए ।
घा’इते डाँगीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्याइएको थियो । काठमाडौंमा उपचारका क्रममै मुत्’यु भएको डीएसपी योगीले बताए।
फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन राती त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्र’हार भयो भन्ने बारे अनुस’न्धान भइरहेको प्रह’रीले बताएको छ । खु’कुरी प्र’हार गर्ने युवाको खोजी त’ीव्र पारिएको प्रह’रीले जनाएको छ।
प्रतिकृया दिनुहोस्