Friday, March 5

माइतीले दिएको सुन बेचेर श्रीमान विदेश जानुभयो, म श्रीमानलाइ नसोधी ५० हजार दिएर हिरोनी बन्न खोज्दा ठगीए भन्दै रुदै आइन यी युवती मिडियामा (भिडियोसहित)

February 1, 2021 118

काठमाण्डौ । रिता श्रेष्ठ जस्लाई एउटा म्युजिक भिडियोमा लिड रोल दिन्छु भन्दै उनीबाट रु ५० हजार लिएर डाईरेक्टरले ठगेका रहेछन् । जब उनले आफुले ५० हजार तिरेर पनि उक्त म्यूजिक भिडियोमा कुनै भूमिका नै पाईनन् तब मात्रै उनले आफु ठगीएको कुरा थाहा पाएकी रहिछन् । यो कुरा उनले थाहा पाएपछि रुँदै आफुलाई डाईरेक्टर समिर थोकरले ठगेको भन्ने आरोप लगाएकी छन् । उनले लगाएको आरोपप्रति डाईरेक्टर थोकरको पनि भनाई बाहीरिएको छ ।

डाईरेक्टर थोकरले आफुले कुनै रिता श्रेष्ठ भन्नेलाई नठगेको बताएका छन् । उनको भनाई अनुसार रितालाई आफुसंग भेटाई दिनकोलागी आफैले वर्षौंदेखि चिनेको निशान बिसीले लिएर आएको बताएका छन् । यो विषयमा स्पष्टिकरण दिंदै डाईरेक्टर थोकरले एक दिन आफुलाई निशानले नै कुनै गीत छ भने आफुले खेल्ने र गतिकालागी लगानीकर्ता आफुले नै भेटेको कुरा गरेको बताए । डाईरेक्टर थोकरले आफुले निशानकै माध्यमबाट रितालाई सूटिंगको एकदिन अघि र सूटिंगकै दिन बाहेक नभेटेको पनि बताए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

उनको भनाई अनुसार आफुले रितासंग कुनै पनि प्रकारको पैसाको लेनदेन सम्म नगरेको पनि बताएका छन् । रिताबाट आफुले जम्मा १० हजार लिएको बताउँदै उक्त रकम पनि निशानले नै उपलब्ध गराई दिएको उनी भन्छन् । उत रिताले आफुबाट ५० हजार रुपैया डाइरेक्टर थोकरले नै लगेको भन्दै आफुलाई ठगी गरेको आरोप लगाएकी छन् । मोडेल हुन चाहेकी रिताको भनाई र रिता मोडेल बनाउँछु भन्दै पैसा खाएको आरोप लागेका थोकर यी दुवैको कुरा बाझि रहेको बेला थोकले यसरी आफ्ना कुरा राखेका छन् । भिडियोसहित

प्रतिकृया दिनुहोस्