Friday, January 15

काठमाडौंमा एकाबिहानै कहालीलाग्दो दुर्घटना, एकको मृ*त्यु

May 8, 2020 412

काठमाडौंको रविभवनमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो ।फाइल तस्विर

प्रतिकृया दिनुहोस्