Wednesday, January 20

नेपाली छोरा दिवेश पोखरेललाई अमेरिकन आइडल जिताउन भोटका लागि सेयर गरौँ [भिडियोसहित]

May 8, 2020 581

काठमाडौ । विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली छोरा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय गर्नेछ । दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् । उनले नेपाललाई विशेष आशा गरेको देखिन्छ ।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् । दिवेशका लागि भोटिङ आजदेखि खुल्ला भएको छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ । दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन् ।

एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएमएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ । भोटिङ गर्ने विस्तृत तरिका दिवेशले फेसबुक पोस्ट र भिडियो सन्देशमा बनाएका छन् ।

अमेरिकाको रियालिटी शो अमेरिकन आइडलमा छानिने उनी पहिलो नेपाली युवा हुन् । काठमाडौंका दिवेश पोखरेल अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिने सौभाग्यशाली नेपाली छोरा हुन् । उनी शुरुमा नै हलिउड प्रस्तुतिका लागि छानिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् ।

दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएको बताएका छन् । अमेरिकन आइडलको अडिसन राउन्डबाट उनी अर्को राउन्डको लागि छनौट हुँदा संसारले नै नेपाल चिनेको थियो । अहिले उनी नै फाइनल राउण्डका लागि भोट मागिरहेका छन् । कार्यक्रममा उनले अभिवादन गर्दा पटक–पटक नमस्ते भन्ने गरेको देखिन्छ । उनको प्रस्तुतीका क्रममा अमेरिकन स्टारहरुले पटक पटक नमस्ते गरिरहेका हुन्छन् । जजहरूले उनको गायन प्रतिभाको निकै प्रशंशा गरेका छन्। उनले यो प्रतिस्पर्धा जित्नसक्ने आँकलन गरिएको छ ।

एक नेपाली छोराले यो प्रतियोगित जितेको खण्डमा संसारभरी नेपालको नाम गुञ्जिनेछ । कार्यक्रमका जज गायिका केटी पेरीले उनलाई ‘यु आर अ रकस्टार’ भन्दै प्रशंसा गरिरहेकी हुन्छिन् । साथै जज लियोनेल रिचीले, हामी तिम्रो जादुले भरिएको आवाजलाई बाहिर ल्याउन पाउँदा उत्साहित छौं भन्ने प्रतिक्रिया दिइरहन्छिन् । अर्थर गनले उनलाई, तिमी एउटा कथा हौ जो हामीले सबैलाई बताउनुपर्ने छ। हलिउडमा तिमीसँग भेटौँला।’ भनेका छन् ।

उनले स्टेजमा गएर दिवेशलाई अंगालो मार्ने गर्छन् । अमेरिकी र विश्व जगतले यति धेरै माया गरिरहेका यी नेपाली सपूतलाई तपाई हामीले किन सम्मान नगर्ने, किन भोट नगर्ने, भोटका लागि किन सक्दो सेयर नगर्ने । अहिले नै सबैले सेयर गरौँ असंख्य ग्रुप पेज, अकाउण्टहरुमा सेयर गरौँ । संसारभरी पुर्याउँ । र नेपाली छोरालाई जिताउँदै नेपाल र नेपालीको शीर ठाडो बनाऊँ ।

प्रतिकृया दिनुहोस्