कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरु एउटै घरका दुई भाइ हुन् ।योसँगै संक्रमितको संख्या १०१ पुगेको छ ।भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए।संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि मा.वि.को क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरुसहित सो क्वारेन्टिनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो।बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्