Wednesday, January 27

मलेसियाले दियो भिसा समाप्त भइ स्वदेश फर्कन चाहनेलाई हवाइ टिकटसहितको अवसर

May 8, 2020 284

क्वलालम्पुर। भिसा समाप्त भएकालाई मलेसिया सरकारले हवाइ टिकटसहित स्वदेश फर्कने अवसर दिएको छ । त्यहाँको सरकारले लकडाउन सकिएको १४ दिनभित्र भिसा समाप्त भइ स्वदेश फर्कन चाहने आप्रावासीहरुका लागि टिकटसहित अवसर दिन लागेको हो ।क्लालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाले कोरोना भाइरसबाट जोगिन मे १२ तारिखसम्म लकडाउन घोषणा गरेकोले सो दिनपछि मे २६ सम्म यो अवसरको लाभ लिन सकिनेछ । यसरी स्वदेश फर्कन चाहनेहरुले अध्यागमन विभागको कार्यालयमा थप कागजात वा कुनै पास बनाउनु नपर्ने र कुनै किसिमको जरिवाना समेत तिर्नु नपर्ने दूतावासले जनाएको छ ।

लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ तारिखदेखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पोरेक्क एप मार्फत समय लिनु पर्ने बताइएको छ । यसका लागि सबैले आफ्नो कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरिएकको छ ।सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जानकारी गराएको दूतावासले जनाएकाेछ ।

प्रतिकृया दिनुहोस्