Wednesday, January 20

पोख*रा मनिपाल शिक्षण अस्पतालमा २२ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शि*शु

May 8, 2020 576

पोखराः पोखराको मनिपाल शिक्षण अस्पतालमा १ महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले बिहीबार दिउँसो साढे १ बजे ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ ।७ महिनाकी गर्भवती रहेकी उनले शल्यचिकित्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिइन् । भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन्।

नको शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा। पाण्डेले बताए।‘आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । अहिले शिशुलाई एनआइसियुमा राखिएको छ,’ डा. पाण्डेले भने। यसअघि गत माघ २ गते स्याङ्जाको पुतलीबजार–१ घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशुलाई जन्म दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्