Wednesday, March 3

को हुन् लोकप्रिय गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान, बिबाहको के छ तयारी ?

February 1, 2021 106

काठमाडौ । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त अब चाँडै बिबाह बन्धनमा बाँधिँने भएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । प्राप्त सूचना अनुसार अञ्जुले थीर कोइरालासँग बिबाह गर्न लागेका हुन्। सिंगल’ भएपछि बिबाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन ।पत्रकारहरुले बिबाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण बिबाह गर्ने’ बताउँदै आएकी थिइन् ।

तर, उनले अहिलेसम्म आफूले बिबाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो बिबाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ ।अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले बिबाह भव्य रुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्। बिबाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा कपडा तयार भइरहेको छ ।तर, बिबाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु बिबाह गर्न बाध्य भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस्