Sunday, January 24

नेपाल सुरक्षित भन्दै अमेरिका, युरोपका प्राइभेट जेटवाला धनाढ्यहरू नेपाल आउन खोजिरहेका छन्

May 7, 2020 741

काठमाडौ । विश्वको पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण व्यवसायहरूमा नकारात्मक असर परेकोअवस्थामा नेपाली पर्यटन तथा आतिथ्यता उद्योग समेत ठप्प भएको छ। जसले गर्दा होटलहरुले खर्च धान्न नसक्ने अवस्थामा पुगेका छन् । संघले गत वर्षको तुलनामा होटलहरूको आम्दानीमा ९० प्रतिशतले ह्रास आउने प्रक्षपण गरेको छ। पर्यटन सबै क्षेत्रको गरेर १ खर्ब ६० अर्ब क्षति भएको अनुमान गरिएको छ । यस्तो अवस्थामा सरकारले टुरिज्म क्षेत्रलाइ कसरी बचाउने यक्ष प्रश्न अगाडि आएको छ ।

यस्तो बेलापनि विदेशीहरु नेपाल आउँन खोजिरहेका कारण सरकारले विशेष व्यबस्था गर्न अपिल गरिएको छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष बिनायक शाहले यतिबेला त झन् धेरै अन्तराष्ट्रिय पर्यटक आउने सम्भावना रहेको बताएका छन् । त्यसको लागि सरकारले नीतिहरु थोरै खुकुलो पार्नुपर्छ। नेपालको पूर्विय दर्शन, यहाको संस्कृति, खानपान, रहनसहनलाइ पश्चिमा देशहरुले खुब नजिकबाट नियालिरहेका छन्। जम्मा ९९ जना कोरोना संक्रमित छन्। त्यसमा धेरै जना निको भएर फर्किएका छन्। सबै सामान्य अवस्थाको जीवन यापन त्यसमा पनि धेरै ज्वरो समेत नआएको यो अद्भुत स्थिति देखेर उनीहरु अचम्मित भएका छन्।

हो, यस्तो बेलामा अमेरिका, युरोपका प्राइभेट जेटवाला धनाड्यहरु यतिबेला आउन खोजिरहेका छन्। उनीहरुलाई पैसाको मतलब पनि हुदैन। उनीहरु पूर्वीय सभ्यता, धर्म र ज्ञानको जानकारी लिन आतुर देखिएका छन्। उनीहरु नेपाल आएर होम क्वारेन्टाईनमा बस्न चाहेका छन् । हाम्रा होटललाई क्वारेन्टाइन बनाउँन सकिन्छ । तर, नेपालमा प्राइभेट जेट ल्याउन एकदमै कडा नियम छ। जसले गर्दा उनीहरु आउन चाहेर पनि आउन सकिरहेका छैनन्।

निश्चित रकम खर्च गर्नुपर्छ भनेर तोकिदिए हुन्छ। उनीहरुलाई खोलिदिने हो भने यतिबेला नेपालले विदेशी मुद्रा आर्जन गर्नसक्ने ठुलो सम्भावना छ। तर, सरकारले यसलाई खुकुलो चाहि बनाइ दिनुपर्छ। उनीहरुलाई नेपाल भित्रनु पूर्व जाँच गर्ने, जाच अवधिभर होटलमा क्वारेन्टाइन राख्ने, रिपोर्ट आएपछि उनीहरुलाई भोलिपल्टबाट होटल व्यवसायीको जिम्मामा घुम्न छुट दिने। यसो गरेमा निक्कै फाइदा हुन्छ।

प्रतिकृया दिनुहोस्