Sunday, January 24

दुबई उड्न लागेको विमानमा कोरोना भाइरसको आशंका गरिएका व्यक्ति चढेपछि…

March 16, 2020 5906

दुबई उड्न लागेको विमानमा कोरोना भाइरस संक्रमितको आशंका गरिएका व्यक्ति फेला परेपछि विमानका सबै यात्रुलाई विमानबाट झारिएको छ। भारतको केरलास्थित कोच्चि विमान स्थलमा आइतबार दुबई जान लागेको विमानलाई रोकिएको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानमा कोरोना भाइरसका संक्रमित फेलापरेपछि बेलायती नागरिकसहित विदेशी पर्यटक बोकेर उड्न लागेको विमानको उडान स्थगित गरिएको हो। कोरोना भाइरसबाट संक्रमित ती व्यक्ति २ मार्चमा केरला पुगेका थिए भने सात मार्चमा उनलाई ज्वरो आएको थियो। १० मार्चमा उनका कोरोना भाइरसको लक्षण फेला परेको थियो।

कोरोना भाइरसको लक्षण भेटिएपछि उनी सरकारी निगरानीमा रहेका थिए। उनको सबै समुहलाई आइसोलेशन वार्डमा रहन भनिएको थियो । तर उक्त समुहले उक्त नियम तोड्दै कोच्चि विमान स्थल पुगे।

विमानस्थलका सबै प्रक्रिया पुर्याएर उनीहरु दुबई जाने विमानमा चढे। जब अधिकारीलाई यो कुरा थाहा भयो तब विमानका अन्य यात्रुको खतरालाई मध्यनजल गर्दै विमानस्थलका अधिकारीले उडाननै स्थगित गरेको समाचारमा जनाइएको छ। त्यसपछि विमानमा सवार १७० यात्रुलाई तुरुन्त विमानबाट झारिएको थियो। उनीहरु सबैलाई स्वास्थ्य परीक्षणका लागि आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्