May 7, 2020 487
सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित भन्सार चेकपोष्टबाट बैशाख २४ गते एपीएफ टोलीले करीव १७ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षिय रामललित मण्डल र ३३ वर्षिय निरज कुमार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा श्रोत नखुलेको उक्त नेपाली रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामदरुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उनीहरुले अबैध सम्पत्ति ओसार पसार गरेको आशंका गरिएको छ ।
प्रतिकृया दिनुहोस्