Tuesday, January 26

दैनिक व्यायम गर्दै राजेश हमाल

May 7, 2020 405

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक संजालमा निकै सक्रिय छन् ।कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ ।नायक हमाल लकडाउनको समयमा घरमा छन् । उनी हरेक दिन सामाजिक संजालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् ।

नायक हमालले विशेषगरि सामाजिक संजालमा लकडाउनको समयमा आफूले व्यायम गर्दै गरेको तस्वीर र भिडियो बढी पोष्ट गरेका छन् ।लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायम गर्दै आएका छन् ।हरेक दिन बिहान व्यायम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् ।

हमालको यो मेन्टेनबाट अहिलेका युवाहरुले धेरै कुरा सिक्न सक्छन् । नायक हमालको व्यायमले पक्कै पनि उनका शुभचिन्तकहरुमाझ गज्जबको छाप छाडेको हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्