Sunday, January 24

भारतले नेपालबाट आफ्ना नागरिक लैजाने, भारतमा भएका नेपाली पठाउने सक्ने

May 7, 2020 910

काठमाडौँ- भारत सरकारले नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । यससंगै भारतमा भएका नेपाली नागरिक पनि फर्काउने सङ्केत देखाएको छ ।नेपालमा अड्केका आफ्ना नागरिक र भारतमा अड्केका नेपाली नागरिकलाई आआफ्ना मुलुक फर्काउन आवश्यक कदम उठाउने गरी तयारी गरेपछि भारत सरकारले सर्वोच्च अदालतलाई जानकारी गराएको खबर बाहिरिएको छ ।

कोभिड १९ का कारण नेपालमा अड्केका भारतीय नागरिकलाई बिहीबारपछि स्वदेश फर्काउने निर्णय सरकारले गरिसकेको भारतको सर्वोच्च अदालतलाई दिइएको हो।मंगलबार सर्वोच्चका न्यायाधीश अशोक भूषणको नेतृत्वको इजलाससमक्ष प्रस्तुत हुँदै भारतका सोलिसिटर जनरल तुषार मेहताले त्योसँगै भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आवश्यक सहयोग पुर्‍याइने बताएका हुन्।

सर्वोच्चले सरकारका तर्फबाट दिइएको आश्वासनको पृष्ठभूमिमा कुनै आदेश दिनुनपर्ने बताएको जनाइएको छ ।हाल उत्तराखण्डको पिथौरागढमा २१४ जना नेपालीहरु स्वदेश प्रवेश गर्न नपाई त्यत्तै अड्किएको जानकारी पनि अदालतलाई दिइएको थियो।यो संगै भारतमा अलपत्र परेका नेपालीहरू पनि नेपाल आउन पाउने आशा बढेको छ ।

भारतमा कोरोना संक्रमण ह्वात्तै बढेपछी ठुलो जोखिम भएको भन्दै नेपाल सरकारले भारतमा रहेका नेपाली कामदारलाई स्वदेश फिर्ता गर्न मानिरहेको छैन यद्दपी लुकिछिपी नेपाल प्रबेश गर्न लागेको भन्दै अहिले नेपाल प्रहरीको ठुलो फोर्स नै सीमामा खटाइरहेको छ |

प्रतिकृया दिनुहोस्