May 6, 2020 272
अहिले विश्वभर कोरोना भाईरसको महामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्रभावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।यसैबिच महाभुकम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । कोरोनाको महामारीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले सहयोग गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्