Monday, March 8

आज पनि यती धेरैले बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

February 1, 2021 98

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको भाउ बढेको छ। अघिल्लो दिन १ सय रुपैयाँमा बढेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्