Saturday, January 23

लकडाउन खुकुलो बनाउँदा भारतमा ह्वातै बढे कोरोनाका नयाँ सङ्क्रमित

May 5, 2020 288

नयाँदिल्ली –– कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ४ हजार जना नयाँ संक्रमित फेला परेका छन् भने २०० जनाको निधन भएको छ ।भारतमा यो सहित निधन हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ । मन्त्रालयका अनुसार १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको पश्चिममा पर्ने दुई धनी राज्य महाराष्ट्र र गुजरातमा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको छ।

६ सातादेखि लकडाउनमा रहेको भारतमा उक्त प्रावधान केही खुकुलो पारिएको बेला सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको विवरणहरू आएका हुन्। भारतले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्दै पसल र व्यापार व्यवसाय खोल्न अनुमति दिएको छ। घर फर्किन चाहने प्रवासी कामदारलाई विशेष रेलको व्यवस्था गरिदिएको छ।

यसैबीच, कैयौं भारतीय राज्यहरूले र/क्सीमा उल्लेख्य रुपमा कर बढाइरहेका छन्। मानिसहरूको बढ्दो माग व्यवस्थापन गर्न र राजस्व सङ्कलन बढाउने प्रयास गरिरहेका बेला ती राज्यहरूले र/क्सीमा भारी कर वृद्धि गरेका हुन्।दिल्लीले उसकै शब्दमा “विशेष कोरोना शुल्क” भन्दै मङ्गलबारबाट र/क्सीमा ७० प्रतिशत कर लगाएको छ। आन्द्र प्रदेश र पश्चिम बंगालले पनि करमा भारी वृद्धि गरेको छ।तर कर धेरै लगाइए पनि दिल्लीका र/क्सी पसलहरूमा मानिसहरूको लामो लाइन लागेको छ र त्यहाँ प्रहरीले नियमन गरिरहेको छ।

भारतमा मार्च २४ तारिखदेखि लकडाउन गरिएको छ। र, त्यसयता पहिलोपटक सोमवार केही क्षेत्रमा रक्सी पसलहरू खुलेपछि अस्तव्यस्त दृश्यहरू देखिएको थियो र कतिपय ठाउँमा प्रहरीसँग झ/डपसम्म भएको थियो। ग्राहकहरूको भीड थाम्नै नसक्ने भएपछि केही पसलहरू केही घण्टामै बन्द भएका थिए।सामाजिक दुरी कायम गर्नुपर्ने नियमहरू पालना गराउन पनि निकै सङ्घर्ष गर्नुपरेको थियो।

प्रतिकृया दिनुहोस्