नयाँ दिल्ली – बलिउडका चर्चित अभिनेता इरफान खानको गत बुधबार मुम्बईको एक अस्पतालमा अन्तिम सास फेरे। अल्पायुमै निधन भएका अभिनेता खान विगत २ वर्षदेखी एउटा दुर्लभ किसिम क्यान्सरसँग जुध्दै आएका थिए।
५३ वर्षको उमेरमानै ज्यान गुमाएका इरफानका श्रीमती सुतापा र दुई छोरा बाबेल र अयान छन्। ७ महिना अघि रिलिज भएको ‘अंग्रेजी मिडियम’नै इरफानको अन्तिम फिल्म बन्यो। बलिउड बाहेक उनले ‘जुरासिक वर्ल्ड’ र ‘लाइफ अफ पाइ’ जस्ता अन्तर्राष्ट्रिय चलचित्रहरूमा पनि उत्कृष्ट अभिनय गरेका थिए।
इरफानले परिवारका लागि धेरै सम्पत्ति छाडेर बिदा भएको मिडिया रिपोर्टमा चर्चा हुन थालेको छ। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता खान ३२० करोड (भारतीय रुपैंया) सम्पत्तिका मालिका थिए। उनले एक फिल्मबाटै १५ करोड सम्म लिने गरेको बताइन्छ।
यसका अलावा खानले विज्ञापनबाट मोटो रकम पाउने गरेका थिए। रिपोर्टका अनुसार खानले एडमा खेले वापत ५ करोड लिने गरेका थिए। अभिनेता खानको मुम्बईमा घर छ भने जुहुमा पनि एक फ्ल्याट रहेको छ। उनले फिल्ममा शुल्क सँगै नाफाको सेयर समेत लिने गर्थे।
प्रतिकृया दिनुहोस्