March 15, 2020 506
काठमाडौं, ०२ चैत । झापाका एक व्यक्तिलाई कोभिड-१९ अर्थात कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतबार काठमाडौँ ल्याइएको छ ।ती व्यक्तिमा कोराेनासँग मिल्ने लक्षण देखिएकोले काठमाडौ ल्याइएको बताइएको छ । उनी सुरुमा विराटनगरस्थित नोवेल मेडिकल हस्पिटल पुगेका थिए ।
उनलाइ त्यहाँ प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको थियो । झापा भद्रपुरका उनलाइ नोवेल मेडिकल हस्पिटलका चिकित्सकहरुले आइतबार नै ग्राण्डी हस्पिटल रेफर गरेकाे हाे ।
प्रतिकृया दिनुहोस्