Tuesday, January 19

एकै दिनमा १६ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन जेठ १० सम्म थप्ने तयारी

May 4, 2020 352

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन लम्बिने देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा चर्चा भएको थियो । आइतबार एकै दिनमा १६ जना संक्रमित भेटिएपछि सरकार थप गम्भीर भएको हो ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको हो । केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए । नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको हो । नेपालमा सोमबारसम्म ७५ जना संक्रमित भएका छन् ।

जसमा १६ जना उपचारपछि घर फर्किएका छन् । लकडाउन कमजोर पार्ने कुरामा सरकार सकरात्मक भए पनि लकडाउन नै समाप्त पार्ने विषयमा भने कुनै टुंगो लागेको छैन । भारतमा पनि कोरोना संक्रमित क्षेत्रलाई वर्गिकरण गरेर लकडाउन लागु गरिएको छ । यस अघि नेपालमा आउँदो २५ गतेसम्म लकडाउन जारी राख्ने सरकारले पहिले नै निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्