Friday, January 15

चीनबाट फर्किएकी छात्रामा देखियो कोरोनाको लक्षण, अस्पताल पुगेपछि डाक्टरको भागाभाग

March 15, 2020 2662

काठमाडौँ । विश्व महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्व त्रासमा छ। कोरोना भाइरसको त्रास मानिसमा मात्र हैन अस्पतालमा खटिएका डाक्टरमा पनि उस्तै पाइएको छ।

यस्तै एक घटना भारतमा देखिएको छ। भारतको उत्तर प्रदेशको संतकबीरनगरमा चीनबाट फर्किएकी एक छात्रा उपचारका लागि अस्पताल पुगिन्। तर अस्पतालमा उनको उपचार हुनुको साटो डाक्टर कुर्सी छोडेर भागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वास्तवमा ३ फेब्रुअरीमा एक छात्रा चीनबाट भारत फर्किएकी थिइन्। जसलाई कोरोना भाइरसको उद्गम स्थल मानिन्छ। छात्रालाई कोरोना भाइरसको लक्षण देखिएपछि अस्पताल पुर्याइयो। अस्पताल पुगेपछि उनले चीनमा एमबीबीएस पढिरहेको बताइन्। यो कुरा सुनेर डाक्टर त्रासले भागेका थिए।

अस्पतालका अन्य स्वास्थ्य कर्मीले यसको सुचना माथिल्लो निकायमा गरेपछि उक्त टिमले छात्राको जाँच गरेको थियो। जाँचपछि उनमा कोरोना भाइरस नभएको पुष्टी भयो।

प्रतिकृया दिनुहोस्