May 3, 2020 282
काठमाडौं, २१ बैशाख । थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेसँगै संक्रमितको संख्या ६० पुगेको हो ।
आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका थिए ।
हालसम्म नेपालमा १६ जना कोरोना सक्रमितहरु निको भइसकेको छन्, भने बाँकी उपचाररत छन् ।
प्रतिकृया दिनुहोस्