Thursday, January 21

खुशीको खबर ! ओलीको पक्षमा बहुमत जुट्यो, अब राजीनामा दिनु नपर्ने

May 2, 2020 522

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्‍नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना नेतासँग छलफल गरेका छन्। सुरुमा आफूपछि प्रधानमन्त्रीका रुपमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग वार्ता गरेका ओलीले अन्य दुई नेतासँग पनि वार्ता गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार साढे ५ बजेदेखि सचिवालय बैठक बस्‍नुअघि ओलीले सचिवालय सदस्य गौतमसँगै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलसँग संवाद गरेका हुन्।

महासचिव पौडेलले आजै आफ्नो भनाइ सार्वजनिक गर्दै तत्काललाई ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने बताएका छन्। भेटवार्तापछि उपाध्यक्ष गौतमले पनि ओलीले तत्काल दुवै पद छाड्नु नपर्ने निचोड निकालेको दाबी उनीनिकट एक नेताले गरेका छन्।

यी तीनै नेता र प्रधानमन्त्रीबीचको छलफलमा ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने निचोड निकालिएको स्रोतको दाबी छ। प्रधानमन्त्री ओली सचिवालयमा आफ्नो बहुमत जुटाउने कोशिशमा छन्।

आजको बैठकमा आफ्नो पक्षमा बहुमत जुटेमा तत्कालको संकट टर्ने निचोड उनले निकालेका छन्। यसअघि बसेको सचिवालयमा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधककुमार नेपालले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेका थिए। तर उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री बादल, महासचिव पौडेल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने यसबारेमा मौन बसेका थिए।

प्रतिकृया दिनुहोस्